माघ २९, काठमाडौँ । सर्वोच्च अदालतले पाथिभरा केबलकार निर्माणविरुद्धको रिट दर्ता गर्न अस्वीकार गर्दै दरपीठ गरेको छ । उस्तै विषयसँग सम्बन्धित विवाद सोही अदालतमै विचाराधीन भएका कारण नयाँ रिट दरपिठ गरिएको अदालतले जनाएको छ ।
आदिवासी कानुन व्यवसायी संघका तर्फबाट लक्ष्मी तामाङले दर्ता गर्न खोजेको रिट सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले दरपीठ हुने निर्णय गरेका हुन् ।
सर्वोच्च अदालत नियमावलीको नियम १८ २ मा ‘उही विषयमा कसैले अघि नै रिट निवेदन दायर गरी अदालतमा विचाराधीन रहेको विषयमा रिट निवेदन दायर गर्न ल्याएको रहेछ भने सम्बन्धित अधिकारीले आधार र कारण खुलाई त्यस्तो लिखत दरपीठ गर्न सक्ने’ व्यवस्था छ ।