चैत ११, मकवानपुर । मकवानपुरको थाहा नगरपालीकामा नन्देकेशर महादेवको मन्दिर निर्माण भएको छ । हिन्दु धर्मअनुसार भगवान शिवको २१ औँ सिद्ध स्वयम्भु लिँग नन्देश्वर भएको विश्वास छ ।
नगरको वडा ६ का स्थानीय विडारी परिवारहरुको सक्रियतामा निर्मित उक्त मन्दिर पुरुषोत्तम विडारीको नेतृत्वमा निर्माण सम्पन्न भएको हो । गत बेशाखमा मन्दिर निर्माण सम्पन्न गरेर विशेष पुजा अर्चना गरेर मन्दिर सर्वसाधारणको लागि खुल्ला गरिएको हो । मन्दिर निर्माण गरिएको स्थान अन्तिम संस्कार गर्ने स्थल पनि भएकोले यस क्षेत्रमा मन्दिर निर्माण गरिएको हो । मन्दिर निर्माणको नेतृत्व गर्ने पुरुषोतम बिडारीले मन्दिरको संरक्षण गर्न सबैको ध्यान जानुपर्ने बताउछन ।
चौसठ्ठी ज्यार्तीलिङ्ग धाम मध्येको टिस्टुङ बज्रबाराहीस्थित यस पुण्यभुमिमा नन्दिकेशर महादेवको मन्दिरसहित ढुङ्गेधारा,ब्रह्मनाल,थान समेत निर्माण गरिएको छ ।