माघ ३०, काठमाडौँ । बजारमा ग्यास अभाव भएको गुनासो उपभोक्ताबाट आउन थालेको छ । नियमित किन्ने गरेको ठाउँमा बिक्रेताले खालिहात पठाउने गरेका उपभोक्ताहरूले बताउन थालेका छन् ।
बिहीबार व्यवसायीहरूले पत्रकार सम्मेलन गर्दै ग्यास आयात नगर्ने चेतावनी दिएसँगै डिलरहरूमा ग्यास पाइन छाडेको हो ।
उनीहरूले माघ ३० गते नेपाल आयल निगमबाट वस्तु डेलिभरी, अर्डर तथा खरिद नगर्ने पनि बताएका थिए । साथै फागुन १ देखि ५ गतेसम्म सबै ग्यास उद्योगले विरोधका कार्यक्रमबारे प्रचारप्रसार गर्ने, ६ गतेदेखि भारतीय आयल निगम आईओसी बाटोमा ग्यास बुलेट लोड गर्न नदिने कार्यक्रमको तयारी गरिएको छ ।
यसैगरी १२ गते ग्यास लोड भएर आएका कुनै पनि बुलेटहरू भन्सार नाकाबाट छुट्न नदिने, १८ गतेदेखि सबै एलपी ग्यास उद्योग बन्द गर्ने र २२ गते देशभरका ग्यास बिक्रेता डिपोहरू बन्द गराउने जानकारी दिएका थिए ।