अर्थसहित संसदका ८ समितिको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ ३०, बुधबार (२ महिना अघि)
  • ४७ पटक पढिएको
अर्थसहित संसदका ८ समितिको बैठक बस्दै

माघ ३०, काठमाण्डौँ ।  संघीय संसद अन्तर्गतका ८ वटा समितिको बैठक बस्दैँछ ।

संसद सचिवालयका अनुसार ती सबै समितिका बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछन् ।

जसअनुसार अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता माननीय सदस्यहरुसँग छलफल हुनेछ, जुन बैठक बिहान ११ः०० बजेबाट सुरू हुदैँछ ।

बिहान ११ः३० बजेवाट सुरू हुने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा भने माउण्ट एभरेष्ट ब्रुअरी प्रालि‍मा कार्यरत श्रमिकहरूको पारिश्रमिक सम्बन्धमा छलफल हुने जनाइएको छ ।

उता, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा समितिको आगामी कार्यक्रम तथा समसामयिक विषयका सम्बन्धमा छलफल गरिनेछ, सो बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।

महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ, जुन बैठकमा । समितिको आगामी अनुगमन भ्रमण तथा कार्यक्रम सम्बन्धमा छलफल गरिनेछ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पुरानै अजेन्डा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथिको दफावार छलफल जारी रहनेछ । जुन बैठक अपरान्ह १२ः१५ बजेबाट सुरू हुने जनाइएको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुनेछ, जुन बैठक दिउँसो १ः३० बजे बोलाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस