माघ ३०, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा दुई हजार ७०० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छ । मंगलबार सुनको मूल्य तोलामा एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
यता, चाँदीको मूल्य बुधबार घटेर एक हजार ९३० रुपैयाँमा किनबेच भइरहेको छ ।