वाणिज्य बैंकहरूको मुद्दती ब्याजदर ४ महिनायता स्थिर

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ माघ ३०, बुधबार (२ महिना अघि)
  • ४३ पटक पढिएको
वाणिज्य बैंकहरूको मुद्दती ब्याजदर ४ महिनायता स्थिर

माघ २३, काठमाण्डौँ । ४ महिनादेखि वाणिज्य बैंकहरूको मुद्दती ब्याजदर स्थिर रहेको छ ।
फागुन महिनाको ब्याजदर सार्वजनिक गर्दै बैंकहरुले मंसिरयता नचलाएका हुन् ।
वाणिज्य बैंकहरुले मुद्दती खातामा औसत व्यक्तिगत ६ प्रतिशत र संस्थागत ४.४९ प्रतिशत ब्याजदर तोकेका छन् ।

सार्वजनिक तथ्यांकअनुसार चार महिनायता नबिल बैंकको ५.६७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६.५ प्रतिशत, माछापुच्छ्रेको ६ प्रतिशत, हिमालयन बैंकको ६.२५ प्रतिशत छ । त्यस्तै एभरेष्ट बैंकको ६ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ६.२५ प्रतिशत, लक्ष्मी सनराइजको ५.७५ प्रतिशत, कुमारी बैंकको ५.९१ प्रतिशत, सिद्धार्थ बैंकको ६ प्रतिशत, प्रभु बैंकको ६.१ प्रतिशत, सिटिजन बैंकको ५.६५ र राष्ट्रिय वाणिज्य बैंकको ६ प्रतिशत छ ।

फागुन महिनाको लागि ग्लोबल आईएमई बैंकले बढाएर ६ प्रतिशत ब्याज दिने भएको छ । यसअघि ३ महिनामा बैंकको ब्याजदर ५.७५ प्रतिशत थियो।
यता एनआईसी एसियाको पछिल्ला ३ महिनामा ६.६ प्रतिशत, सानिमा बैंकको ६.०५ प्रतिशत, एनएमबीको ६.१ प्रतिशत, कृषि विकास बैंकको माघ र फागुनका लागि ५.५१ प्रतिशत र नेपाल बैंकको ५.६ प्रतिशत मुद्दती ब्याजदर तोकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस