आज ‘जनयुद्ध दिवस’ मनाउँदै माओवादी, केही स्थानीय तहले सार्वजनिक बिदा

  • अनलाइन केन्द्र
  • / माओवादी केन्द्र /
  • २०८१ फागुन १, बिहिबार (२ महिना अघि)
  • ५३ पटक पढिएको
आज ‘जनयुद्ध दिवस’ मनाउँदै माओवादी, केही स्थानीय तहले सार्वजनिक बिदा

फागुण १, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) आज ‘जनयुद्ध दिवस’ मनाउँदै छ । आज बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यक्रम आयोजना गरेर माओवादीले यो दिवस मनाउने भएको हो । उक्त कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने भएका छन् ।

प्रचण्डले एक भिडियो सन्देश जारी गर्दै जनयुद्ध दिवसको शुभकामना दिएका छन् । पछिल्लो परिवर्तन जनयुद्धका कारण नै सम्भव भएको उनले उक्त सन्देशमा दाबी गरेका छन् । जसका कारण पछाडि पारिएका समुदायहरू मूल प्रवाहीकरणमा आएको उनको तर्क छ ।

ताजा अपडेट

खोजी गर्नुहोस