फागुन १,धादिङ । हरेक बर्ष फागुन १ गते जनयुद्ध दिवसमा धादिङको गजुरी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षको युद्ध नै हुने गरेको छ । माओवादीबाट अध्यक्षमा जितेका गणेशलाल श्रेष्ठले फागुन एक गते पालिकाभरी सार्वजनिक बिदाको घोषणा गरिरहँदा केहि समयभित्रै नेपाली काँग्रेसबाट निर्वाचित उपाध्यक्ष शर्मिला बिसुरालले बिदा नरहेको भन्दै अर्को सूचना निकालिन् । यसरी अध्यक्ष र उपाध्यक्षबाट फरक-फरक सूचना आउँदा नागरिकहरुलै अलमल पर्नुपर्ने अबस्था सिर्जना भयो ।
गत सालपनि यहि बिषयमा यसरी नै बेग्लाबेग्लै सूचना जारी गर्दै जनतालाई अलमलाउने काम भएको थियो । नेकपा माओवादीकै बाहुल्यता बढी भएको पालिका आज बन्द छ । गजुरी गाँउपालिकामा सरकारी कार्यालय र बिद्यालयहरु बन्द रहेका छन् भने केहि निजी बिद्यालय र बैँकहरु खुल्ला रहेका छन् ।
गजुरी लगायत धेरै पालिकाहरुले जनयुद्ध दिवसमा बिदा दिएका छन् । सार्वजनिक बिदा नदिन सर्बोच्च अदालतले आदेश समेत दिईसकेको छ । तर स्थानियतहरुले आफ्नो पालिकाभित्र सार्वजनिक बिदा दिन पाउने नियम भने रहेको छ ।
यसो त जनयुद्धको विषयमा माओवादी र अन्य दलहरुबीच फरक मत रहेको छ । माओवादीे यो युद्ध जनताले लडेकोले जनयुद्ध नै भएको बताइरहदा नेपाली कांग्रेस र नेकपा एमाले माओवादीले भन्ने गरेको जनयुद्ध नभइ सशस्त्र हिंसा भएको टिप्पणी गर्ने गर्छन् । यसो त यही विषयमा संसदमै योगेश भट्टराई र माओवादी नेताहरुबीच भनाभन नै भएको थियो ।
माओवादीले भने जनयुद्धकै जगबाट गणतन्त्र र संविधानसभाबाट संविधान निर्माण गर्न सकिएको बताउछ । २०६२/०६३ को जनआन्दोलनमा सात राजनितिक दल र युद्धरत माओवादीको संयुक्त आन्दोलनबाट नै गणतन्त्र आएको यथार्थ भने भुल्न नसक्ने राजनितिक विश्लेषकहरु बताउछन् ।
अध्यक्ष गणेशलाल श्रेष्ठले जारी गरेको सूचना:
उपाध्यक्ष शर्मिला बिसुरालले जारी गरेको सूचना :