वीरगञ्जमा महिला क्रिकेट तथा अण्डर-१२ क्रिकेट प्रतियोगिता आजबाट सुरु

वीरगञ्जमा महिला क्रिकेट तथा अण्डर-१२ क्रिकेट प्रतियोगिता आजबाट सुरु

फागुन ३, वीरगञ्ज । वीरगञ्जमा महिला क्रिकेट तथा अण्डर-१२ क्रिकेट प्रतियोगिता आजबाट सुरु हुने भएको छ । प्रतियोगिता प्याब्सन वीरगञ्ज महानगर समितिको आयोजनामा ज्ञानदा एकेडेमीको मैदानमा हुनेछ ।

प्रतियोगिता सम्बन्धी जानकारी दिन बिहीबार भिस्वा होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष राहुल श्रीवास्तवले प्रतियोगितामा केटीतर्फ २१ विद्यालय र केटातर्फ २० विद्यालयले सहभागिता जनाउने जानकारी दिए ।

टेनिस बल प्रयोग गरी १० ओभरको खेल
नेपाल विद्यालय खेलकुद महासंघसँगको समन्वयमा हुन लागेको उक्त प्रतियोगितामा पहिलो पटक टेनिस बलको प्रयोग गरिनेछ । नकआउट आधारमा हुने खेलमा प्रत्येक टोलीमा ११ जना खेलाडी रहनेछन् भने फिल्डिङ गर्ने क्रममा ९ जना मात्र मैदानमा रहनेछन् । प्रतियोगिता संयोजक तथा वीरगञ्ज महानगर समितिका सचिव अमित आलोकका अनुसार एक दिनमा चार वटा खेल हुनेछन् ।

प्रतियोगिताका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम रहनेछन् । आजको पत्रकार सम्मेलनमा प्याब्सन मधेश प्रदेशका उपाध्यक्ष पुरण प्रधान, प्याब्सन वीरगञ्जका निवर्तमान अध्यक्ष आलोक चौरसिया तथा विभिन्न विद्यालयका प्रिन्सिपलहरूको समेत उपस्थितिमा प्रतियोगिता उद्घाटन गरिनेछ ।

लेखकको बारेमा

  • दिपु वर्णवाल मधेस प्रदेशका संवाददाता हुन् । उनि सामाजिक तथा राजनीतिक विषयमा कलम चलाउछन् ।

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    ताजा अपडेट

    खोजी गर्नुहोस