फागुन ३,काठमाडौँ । लेबनानी अधिकारीहरूले शनिबार संयुक्त राष्ट्र सङ्घको काफिलेमा आक्रमण गर्ने २५ भन्दा बढी व्यक्तिलाई गिरफ्तार गरिएको जनाएका छन् ।
उक्त आक्रमणमा बलको निवर्तमान उप कमाण्डर सहित दुई शान्ति सेना घाइते भएका थिए । घाइते हुनेमा आफ्नो मिसन सकेर घर फर्किँदै गरेका नेपाली नागरिक तथा निवर्तमान फोर्स कमाण्डर चोकबहादुर ढकाल पनि रहेका छन् ।
संयुक्त राष्ट्र र लेबनानी अधिकारीहरूले आक्रमणको निन्दा गरेका छन् ।
‘लेबनानी सेनाको खुफिया एजेन्सीले २५ भन्दा बढी व्यक्तिलाई गिरफ्तार गरेको छ,’ आन्तरिक मन्त्री अहमद अल–हज्जरले शनिबार एक आपतकालीन सुरक्षा बैठक पछि पत्रकारहरूलाई बताए ।