नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड ! १५ जनाको ज्यान गएको पुष्टि

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८१ फागुन ४, आईतबार (२ महिना अघि)
  • ६४ पटक पढिएको
नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड !  १५ जनाको ज्यान गएको पुष्टि

फागुन ४,काठमाडौँ भारतको राजधानी नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड हुँदा कम्तिमा १५ जनाको ज्यान गएको छ । केही घाइते भएका छन् । गएराति ९र१० बजेतिर घटना हुँदा रेलवे स्टेशनमा ठेलमठेल भीड थियो । भीडका कारण यात्रुबीच एकआपसमा धकेलाधकेल हुँदा कतिपय लडेका थिए ।

भागदौडमा परेकामध्ये तीन जना बालबालिकासहित १५ जनाको ज्यान गएको पुष्टि भएको लोक नायक अस्पताललाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतको प्रयागराजमा चलिरहेको कुम्भमेलामा जानेहरुका कारण रेलवे स्टेशन भित्र र बाहिर खचाखच भरिएको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले भागदौडमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले मृतकका परिवारमा समवेदना र घाइतेको स्वास्थ्य लाभको कामना गरेका छन् । साथै स्थानीय प्रशासनलाई घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् । रेलमन्त्री अश्विनी वैष्णवले घटना लगत्तै सुरक्षाकर्मीको सहयोगमा रेलवे स्टेशनको अवस्थालाई नियन्त्रणमा लिएको बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस