डेल्टा एअरलाइन्सको विमान दुर्घटना

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८१ फागुन ६, मंगलबार (२ महिना अघि)
  • २५ पटक पढिएको
डेल्टा एअरलाइन्सको विमान दुर्घटना

फागुन ६,काठमाडौँ । डेल्टा एअरलाइन्सको फ्लाइट ४८१९ गएराति क्यानडाको टोरन्टो विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ ।

अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) का अनुसार मिनेसोटाबाट उडेको विमानमा ८० जना यात्रु सवार थिए । उनीहरु सबैलाई सुरक्षितरुपमा बाहिर निकालिएको छ । दुर्घटनामा एक बालकसहित १५ जना घाइते भएका छन् ।

टोरन्टो पियर्सन एअरपोर्टमा अवतरण गर्ने क्रममा विमान पल्टिएपछि घाइतेभएकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको उद्धारकर्तालाई उद्धृत गरी बीबीसीले उल्लेख गरेको छ ।

दुर्घटनापछि विमानस्थलमा २६ उडान डाइभर्ट गरिएको छ । क्यानडाको यातायात सुरक्षा बोर्डले दुर्घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस