पुस महिनासम्म झण्डै ५ लाख ८० हजार पर्यटक नेपाल आए

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ फागुन ६, मंगलबार (२ महिना अघि)
  • ३९ पटक पढिएको
पुस महिनासम्म झण्डै ५ लाख ८० हजार पर्यटक नेपाल आए

फागुन ६,काठमाडौँ । यस वर्षको पुस महिनासम्म झण्डै ५ लाख ८० हजार पर्यटक नेपाल आएका छन् । यो गत वर्षको तुलनामा केही बढी हो ।

पर्यटन बोर्डको तथ्यांक अनुसार गत वर्षको भन्दा यस आर्थिक वर्ष पर्यटकको संख्यामा बृद्धि भएको छ । चालु आर्थिक वर्षको पुस महिनासम्म ५ लाख ७९ हजार ९४३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । गत वर्षको सोही अवधिमा ५ लाख ५९ हजार ७६९ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

यस्तो तथ्याङ्क गत माघ २७ गते राष्ट्रिय सभामा प्रस्तुत भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस