चितवन र कैलालीमा डुबेर २ बालबालिकाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ फागुन ६, मंगलबार (२ महिना अघि)
  • ४४ पटक पढिएको
चितवन र कैलालीमा डुबेर २ बालबालिकाको मृत्यु

फागुन ६, काठमाडौँ । चितवन र कैलालीमा खाल्डोमा जमेको पानीमा डुबेर दुई जना बालबालिकाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार चितवनको माडी नगरपालिका ४ खैरहनीमा घर नजिकैको खाल्डोको पानीमा डुबेर ३ वर्षीया मनिषा न्यौपाने र कैलालीको गोदावारी नगरपालिका(१ का ३ वर्षीय पियुस बिक रहेका छन् ।

मंगलबार दिउँसो घर नजिकै रहेको पानीको खाल्डोमा डुब्दा मनिषा गम्भीर भएकी थिइन् । उनको उपचारका क्रममा बघौडा अस्पताल माडीमा मृत्यु भएको प्रहरीले जनाएको छ । पियुस पनि घर नजिकै रहेको पानीको खाल्डोमा डुबेर मंगलबार दिउँसो गम्भीर भएका थिए । उनको उपचारका क्रममा मायामेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै स्थानका घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस