नेपालमा एमसीसी परियोजना ९० दिनका लागि स्थगित, भविष्यबारे अन्योल

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ फागुन ७, बुधबार (२ महिना अघि)
  • ६० पटक पढिएको
नेपालमा एमसीसी परियोजना ९० दिनका लागि स्थगित, भविष्यबारे अन्योल

फागुन ७, काठमाण्डौँ । नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी परियोजना स्थगित भएको छ । एमसीसीले इमेल लेखेर परियोजना स्थगित भएको अर्थ मन्त्रालयलाई जानकारी गराएको छ । अर्थ मन्त्रालयका अनुसार फागुन २ गते एमसीसीले इमेल लेखेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशहरूमा गरिने आर्थिक सहयोगमा रोक लगाएसँगै एमसीसी परियोजना पनि प्रभावित भएको हो। अर्थ मन्त्रालयले राष्ट्रपति ट्रम्पको २०२५ जनवरी २० को कार्यकारी आदेशबमोजिम एमसीसी परियोजना ९० दिनका लागि स्थगित भएको जनाएको छ। नेपाल सरकार र अमेरिकाबीच २९ भदौ २०७४ मा एमसीसी कार्यान्वयनबारे सम्झौता भएको थियो। सन् २०२२ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले एमसीसीलाई सदनबाट अनुमोदन गराएको थियो ।

अमेरिकी अनुदानअन्तर्गत एमसीसीले नेपालमा विद्युत् र सडक पूर्वाधारमा लगानी गरिरहेको थियो । अमेरिकाको ५०० मिलियन डलर र नेपालको १९७ मिलियन डलर खर्च गरेर ३०० किलोमिटर विद्युत् प्रसारण लाइन र सबस्टेशन निर्माण अनि ७७ किलोमिटर सडकको स्तरोन्नति र मर्मतको लक्ष्य राखिएको थियो। ट्रम्पको वैदेशिक सहायता कटौती गर्ने नीतिको प्रभावले अमेरिकी सहयोग नियोग यूएसएआईडीका कार्यक्रम बन्द गरिसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस