एसईई प्रश्नपत्रमा त्रुटि नै त्रुटि !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ चैत्र १२, मंगलबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्रमा त्रुटि नै त्रुटि भेटिएका छन्।

थुप्रै प्रश्न अस्पष्ट रहेको विद्यार्थीको गुनासो छ।

७ वटै प्रदेशका अंग्रेजी र नेपाली विषयका प्रश्नपत्रमा गल्ती र अस्पष्टता भेटिएको छ।

प्रदेश ३ को नेपालीको प्रश्नपत्रमा विद्यार्थीले उत्तर लेख्नुपर्नेभन्दा वढी प्रश्न सोधिएको छ।

प्रश्न नम्बर ७ मा ४ वटा प्रश्नको मात्रै उत्तर दिए पुग्ने ठाउँमा पाँचवटा प्रश्न राखिएपछि धेरै विद्यार्थी झुक्किएका छन्।

कतिपय ठाउँमा भाषागत त्रुटिसमेत भेटिएको छ।

सातवटै सेटको प्रश्न नम्बर ९ अस्पष्ट छ। त्यसमा भनिएको छ, ‘आफ्नो भाइका बारेमा तीन वाक्यमा वर्णन गर्नुहोस्।’

यस्ता प्रश्नले विद्यार्थीलाई झुक्याउने नेपाली विषयका प्रश्न निर्माणविज्ञ देवीराम आचार्यले बताए।

‘३ वाक्यमा वर्णन हुनै सक्दैन,’ उनले भने, ‘३ पूर्णंकको प्रश्नमा विद्यार्थीले झुक्किएर एक पेज उत्तर लेख्ने सम्भावना हुन्छ। अरु प्रश्नको उत्तर दिन समय नपुग्दा अनुत्तीर्ण हुन सक्छन्।’

ताजा अपडेट

खोजी गर्नुहोस