माओवादीले स्थानीय जनप्रतिनिधिलाई समाजवादबारे प्रशिक्षण दिने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ फागुन ९, शुक्रबार (१ महिना अघि)
  • ५८ पटक पढिएको
माओवादीले स्थानीय जनप्रतिनिधिलाई समाजवादबारे प्रशिक्षण दिने

फागुन ९,काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले पालिका तहबाट समाजवादको पूर्वाधार निर्माण गर्ने उद्देश्यले पार्टीका तर्फबाट पालिकामा विजयी मेयररउपमेयर र अध्यक्षरउपाध्यक्षलाई प्रशिक्षण दिने भएको छ । यसका लागि माओवादीले भोलि र पर्सि काठमाण्डौमा स्थानीय पालिकाका जनप्रतिनिधिको राष्ट्रिय भेला राखेको छ ।

भेलामा पालिका तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिने आज काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

भेलामा माओवादी केन्द्रका तर्फबाट विजयी भएका एक सय २३ पालिकाका मेयररउपमेयर र अध्यक्षरउपाध्यक्षको सहभागिता रहनेछ । माओवादी केन्द्रले भेलाबाट पछिल्लो चुनावमा विजय हासिल गरेका पालिकामा समाजवादको अभ्याससहितको कार्यक्रम निर्माण र नमूना पालिका बनाउने लक्ष्य लिएको छ ।

भेलामा निर्धारित राष्ट्रिय सूचकाङ्कमा उत्कृष्ट ठहर भएका ११ वटा पालिकाका मेयररउपमेयर र अध्यक्षरउपाध्यक्षले आ–आफ्नो अनुभव सुनाउने कार्यक्रम रहेको छ । भेलामा समाजवाद निर्माणको आधारबारे विज्ञ सोमत घिमिरे, कृष्णराज अधिकारी, मीनबहादुर श्रेष्ठलगायतले प्रशिक्षण दिने कार्यक्रम छ ।

स्थानीय जनप्रतिनिधिलाई समाजवादी नीति कार्यक्रम, कानून र बजेट निर्माण, उत्पादन र रोजगारीलगायत विषयमा प्रशिक्षण दिइनेछ । माओवादीले यसअघि पालिकाको चुनावलगत्तै पार्टीका तर्फबाट विजयी स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण दिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस