प्रधानमन्त्रीले भने– दुईवटा रोटी र थोरै दाल खान्छु,मलाई किन चाहियो सम्पती ?

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ फागुन ९, शुक्रबार (१ महिना अघि)
  • ११८ पटक पढिएको
प्रधानमन्त्रीले भने– दुईवटा रोटी र थोरै दाल खान्छु,मलाई किन चाहियो सम्पती ?

फागुन ९,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक कारोबारसँग जोडेर आफूबारेमा अनेकपटक अनेक भ्रम फैलाउने गरिएको टिप्पणी गरेका छन् ।

स्वीट्जरल्यान्डको बैंकमा पैसा राखेको भन्दै आफ्नोबारेमा भ्रम फिजाइएको भन्दै उनले त्यसको खण्डन गरे । ‘मलाई किन त्यत्रो सम्पति चाहियो ? दुईवटा रोटी र अलिकति दाल खाने हो । मैले सम्पत्ति लुकाउनुपर्ने केही कारण छैन ।’

प्रधानमन्त्री ओलीले आफ्नो जीवन सबै खुल्ला र पारदर्शी रहेको पनि बताए । ‘मेरो जीवन सबै खुला र पारदर्शी छ । यस्ता अनेक हल्ला चलाउने र भ्रम फिँजाउने तथा दुर्वाच्य बोल्ने हाम्रो सभ्यता होइन,’ उनले भने ।

ईश्वरलाल प्रतिष्ठानद्वारा प्रकाशित व्यावसायी तथा समाजसेवी राजेशकाजी श्रेष्ठको जीवनीमा आधारित ‘व्यक्तित्व योगदान’ पुस्तकको शुक्रबार राजधानीमा लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस