स्वास्थ्य मन्त्रालयले अब हरेक शुक्रवार नियमित ‘भिडियो ब्रिफिङ’ गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ फागुन ९, शुक्रबार (१ महिना अघि)
  • ११५ पटक पढिएको
स्वास्थ्य मन्त्रालयले अब हरेक शुक्रवार नियमित ‘भिडियो ब्रिफिङ’ गर्ने

फागुन ९,काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि हरेक शुक्रवार नियमित मन्त्रालयगत गतिविधिको ‘भिडियो ब्रिफिङ’ गर्ने भएको छ ।

शुक्रवार दिउँसो १ बजेर ३० मिनेटमा हप्ताभरका नीतिगत निर्णय, गतिविधि तथा स्वास्थ्य क्षेत्रका जानकारी समेटेर ‘ब्रिफिङ’ गरिने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

आजको ब्रिफिङमा प्रवक्ता बुढाथोकीले बालबालिकाको क्यान्सरमा प्रयोग हुने अत्यावश्यक औषधि, पाठेघरको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान र अभियानमा छुटेकाहरूलाई समेट्ने योजनालगायतको जानकारी गराए ।

ताजा अपडेट

खोजी गर्नुहोस