फागुन १४, काठमाण्डौँ । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडको १ शेयर बराबर ०.८८४५१६८ शेयर (अर्थात् विद्यमान १ कित्ता साधारण शेयर बराबर नयाँ ०.८८४५१६८ कित्ता साधारण शेयर) को अनुपातमा हकप्रद शेयर मिति २०८१/०८/१२ गते देखि मिति २०८१/०९/१७ बिक्री खुला गरी आवेदन माग गरिएकोमा ४९२,५७७ कित्ता शेयर आवेदन नपरेकाले प्रचलित कानून तथा धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को दफा २१ र धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ को दफा १५ समेतको प्रावधानलाई आधार मानी उक्त शेयर लिलाम बढाबढ बाट खरीद गर्न इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले खरिद गर्न सक्ने गरी मिति २०८१ माघ १४ गतेको नयाँ पत्रिका तथा अन्नपूर्ण पोष्ट राष्ट्रीय दैनिक पत्रिकामा सूचना प्रकाशित गरि मिति २०८१/१०/२१ गते देखि मिति २०८१/११/०५ गते बैंकिङ समय सम्म बोलपत्रहरु बिक्रि प्रबन्धक नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग लिमिटेडको कार्यालय लेखनाथमार्ग, ठमेल काठमाडांै र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरुः बिराटनगर शाखा, विरगञ्ज शाखा, पोखरा शाखा, नेपालगञ्ज शाखा, बुटवल शाखा, सुर्खेत शाखा र धनगढी शाखामा प्राप्त हुन आएका १७९९ बोलपत्रहरु आज मिति २०८१÷११÷१२ गते सोमबार बिहान ८ः०० बजे देखी दिनको २ः०० बजे सम्म लिसारा बैकेट, नक्साल भगवति बहाल, काठमाडांैमा गोप्य शिलबन्दी बोलपत्र खोल्ने कार्य सम्पन्न भयो । बोलपत्र आवेदनमा सबै भन्दा बढी रु. ११०० प्रति शेयर मूल्य र सबैभन्दा कम रु १०० कबोल भएको छ ।