वैशाखमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने घोषणा

  • अनलाइन केन्द्र
  • / माओवादी केन्द्र /
  • २०८१ फागुन १४, बुधबार (१ महिना अघि)
  • ४५ पटक पढिएको
वैशाखमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने घोषणा

फागुन १४, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समयदेखि देखिएको अन्योल र अलमल चिर्दै आफ्नो पार्टी दायाँबाट बायाँतर्फ सिफ्ट गरेको बताएका छन्।

अखिल क्रान्तिकारी प्रदेश नम्बर १ को प्रथम बैठक तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।गत केन्द्रीय समिति बैठकले दायाँबाट बायाँतर्फ सिफ्ट गरेको उल्लेख गर्दै उनले स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने निर्णय गरिएको बताए।

यसले पार्टीलाई आफ्नै वर्ग र समुदायतिर फर्काएको उल्लेख गर्दै उनले समुदायसँगै बसेर संघर्ष गर्ने र समुदायसँगै बसेर समाजवादको अभ्यास गर्ने नीति लिइएको जानकारी दिए।

पार्टीकै अर्को निर्णयअनुसार जनतासँग माओवादी तराई-मधेस जागरण थालिएको उनले बताए।अभियानका क्रममा आर्थिक समृद्धिका सम्भावनाको खोजी गर्ने, नागरिक समाज र बुद्धिजीवीसँग छलफल गर्ने, सहिद र बेपत्ता परिवारसँग छलफल गर्ने, जनताको घरमा बसेर विविध समस्याको जानकारी लिने गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अभियान निकै प्रभावकारी बन्दै गरेको दाबी गरे।

ताजा अपडेट

खोजी गर्नुहोस