फेरि सर्‍यो दशौं राष्ट्रिय खेलकुद

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ फागुन १५, बिहिबार (१ महिना अघि)
  • ६१ पटक पढिएको
फेरि सर्‍यो दशौं राष्ट्रिय खेलकुद

फागुन १५, काठमाण्डौँ ।  कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीबार बसेको १२१ औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेको हो ।

यसअघि राखेपको ११८औं बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद २०८१ साल चैत २३ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको थियो । बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद २०८२ साल जेठ १७ देखि २१ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

खेलकुदमन्त्री तेजलाल चौधरीले भने, ‘राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकबाट २०८२ साल जेठ ३ देखि १० गतेसम्म हुने निर्णय गरेका हौं । अब यही मितिमा हुन्छ दशौँ राष्ट्रिय खेलकुद । तपाई ढुक्क हुनुस् ।’ यसअघि कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट माघ ३ गते पारित भएको गरिएको थियो । त्यतिबेला कर्णाली प्रदेशमा आयोजना हुने उक्त प्रतियोगिता आगामी चैतमा हुने तय भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस