आईपिएल : दिल्ली र चेन्नई खेल्दै, प्लेइङ ११ मा सन्दीप अटाउने सम्भावना कम

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ चैत्र १२, मंगलबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

चैत्र १२,काठमाडौँ । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा मंगलबार पनि एउटा मात्रै खेल हुने भएको छ । नेपाली समय अनुसार राति सवा ८ बजे दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्स आमने सामने हुने छन् ।

दुवै टिमले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । दिल्लीमा हुने खेलमा दुवै टिम लगातार दोस्रो जितको खोजिमा हुने छन् । उद्घाटन खेलमा चेन्नइले बेंग्लोरलाई तथा दिल्लीले मुम्बईलाई पराजित गरेका थिए ।

आईपीएलमा दिल्लीको टिममा नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने सहभागी छन् । पहिलो खेलमा उनी प्लेइङ ११ मा उनी अटाएनन् । आजको खेलमा पनि पर्ने सम्भावना कम रहेको जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस