परराष्ट्रमन्त्री राणा चढेको जहाज काठमाडौं अवतरण हुन नसकेपछि कोलकाता ‘डाइभर्ट’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ फागुन १६, शुक्रबार (१ महिना अघि)
  • ५१ पटक पढिएको
परराष्ट्रमन्त्री राणा चढेको जहाज काठमाडौं अवतरण हुन नसकेपछि कोलकाता ‘डाइभर्ट’

फागुन १६, काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चढेको विमान खराब मौसमका कारण काठमाडौं अवतरण हुन नसकेपछि कोलकाता ‘डाइभर्ट’ भएको छ । दोहाबाट आइरहेको कतार एयरलाइन्सको जहाज काठमाडौं ओर्लन नसकेपछि कोलकाता अवतरण भएको राणाका सल्लाहकार एकराज पाठकले जानकारी दिएका छन् ।

काठमाडौंमा ओर्लन धेरै कोशिस भए पनि मौसमले साथ नदिएपछि कोलकाता लगिएको उनले बताए । जेनेभामा राष्ट्रसंघको बैठकबाट राणा स्वदेश फर्कदै थिइन् । भिजिबिलिटी कम भएपछि नेपाल आएका तीन वटा जहाज ‘डाइभर्ट’ भएका हुन् । नेपाल एयरलाइन्स, सिचुवान एयरलाइन्स र कतार एयरवेजको जहाज डाइभर्ट गरिएको हो ।

मलेसियाको राजधानी क्वालालम्पुरबाट आएको नेपाल एयरलाइन्सको जहाज भारतको नयाँ दिल्लीमा डाइभर्ट भएको छ। त्यस्तै, तियाङफुबाट आएको सिचुवान एयरको विमान ल्हासा र दोहाबाट आएको कतार एयरवेजको जहाज भारतको कलकत्ता डाइभर्ट गरिएको छ ।

यद्यपि ६ वटा अन्य जहाज भने त्रिभुवन विमानस्थलमा अवतरण भइसकेको विमानस्थलले जनाएको छ।  हिमालय एयरलाइन्स, एयर इन्डिया, विमान बंगलादेश, चाइना साउदर्नलगायत ल्याण्ड भएका हुन् । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावको कारण आज बिहान काठमाडौं उपत्यकामा हल्का पानी परेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस