भारतको उत्तराखण्डमा ठूलो हिमपहिरो, ४१ जना मजदूर फसे, १६ जनाको उद्धार

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८१ फागुन १६, शुक्रबार (१ महिना अघि)
  • ८६ पटक पढिएको
भारतको उत्तराखण्डमा ठूलो हिमपहिरो, ४१ जना मजदूर फसे, १६ जनाको उद्धार

फागुन १६,काठमाडौँ । भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा ठूलो हिमपहिरो गएको छ । हिमपहिरोमा परी सडक निर्माणमा संलग्न ५७ जना मजदूर फसेका थिए । फसेकामध्ये १६ जना मजदूरको उद्धार गरी अस्पतालमा भर्ना गरिएको बीबीसी हिन्दीले जनाएको छ । हिमपहिरोमा अझै ४१ जना मजदूर फसेका छन् ।

आज दिउँसो बद्रीनाथ धामको नजिक मानामा हिमपहिरो गएको हो । उद्धारका लागि सेनासँगै आईटीबीपी, एनडीआरएफ, एसडीआरएफको टोली घटनास्थलमा पठाइएको छ । अहिले वर्षा र हिमपात भइरहेको हुँदा हेलिकप्टर सेवा प्रयोग गर्न नपाएको अधिकारीहरूलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।

तीन दिनदेखि बद्रीनाथ धाम, हेमकुण्ड साहिब, भ्याली अफ फ्लावर्स, रुद्रनाथ, लाल माटी, नन्द घुङ्टी, औली, गोरसोन लगायत निती र मना उपत्यकामा हिमपात भइरहेको छ । हिमपातका कारण उच्च हिमाली क्षेत्रमा बाक्लो हिउँ जमेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस