जनसंगठनमा स्थायी कमिटी नराख्ने एमालेको निर्णय, पदाधिकारी पनि घटायो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ फागुन १८, आईतबार (१ महिना अघि)
  • ४४ पटक पढिएको
जनसंगठनमा स्थायी कमिटी नराख्ने एमालेको निर्णय, पदाधिकारी पनि घटायो

फागुन १८, काठमाण्डाैँ ।   सत्तारुढ नेकपा एमालेले जनसंगठनमा स्थायी कमिटी नरहने निर्णय गरेको छ । आज (आइतबार) बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी र सचिवालय मात्रै रहने निर्णय गरेको हो । सचिवालय बैठकको निर्णय सुनाउँदै महासचिव शंकर पोखरेलले भने, ‘जनसंगठनमा केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालय रहने व्यवस्था थियो । स्थायी कमिटीको व्यवस्था अन्त्य गरेर केन्द्रीय कमिटी र सचिवालय मात्रै रहने निर्णय गरेका छौं ।’

साथै कमिटीको संख्या घटाउने निर्णय गरेको पनि उनले बताएका छन् । जनसंगठनले आफ्नो विधानबाट यो निर्णय कार्यान्वयन गर्ने उनको भनाइ छ । एमालेले जनसंगठनको केन्द्रीय कमिटी ९९ देखि १५० जनासम्मको बनाउने र सबै जनसंगठनका पदाधिकारी ९ जनामा सीमित गर्ने निर्णय गरेको बुझिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस