नागढुंगा सुरुङमार्ग निर्माणमा फेरि अवरोध, के छ स्थानीयको माग ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ फागुन २०, मंगलबार (१ महिना अघि)
  • ४९ पटक पढिएको
नागढुंगा सुरुङमार्ग निर्माणमा फेरि अवरोध, के छ स्थानीयको माग ?

फागुन २०, काठमाडौँ । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणमा स्थानीयले पुनः अवरोध गरेका छन् । काठमाडौंको चन्द्रागिरिस्थित टुटीपाखा र धादिङको धुनीबेंसी नगरपालिकास्थित सिस्नेखोला दुवैतर्फ सोमबारदेखि सबै काम ठप्प छ ।

धादिङतर्फ सुरुङको मुख अगाडि रहेको ‘रोड साइड सर्भिस स्टेसन’ नजिकै घर भएका स्थानीयले क्षतिपूर्तिको माग राख्दै काम रोकेका हुन् । स्थानीयले काठमाडौंतर्फ आएर सुरुङ र बलम्बुस्थित किसिपिडीमा निर्माणाधीन फ्लाईओभरको काम ठप्प पारेका छन् ।

निर्माणको अन्तिम चरणमा पुगेका बेला काम रोकिँदा समस्या भएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले बताए ।

‘बर्खाका कारण जमिन चिरा परेकाले घरमा बस्न जोखिम थियो,’ पन्थीले भने, ‘रोड साइड सर्भिस स्टेसनबाट पानी बगेर यस्तो भएको र क्षतिपूर्ति दिनुपर्ने स्थानीयको माग छ ।’ त्यस ठाउँमा कसरी समस्या आयो भन्ने सम्बन्धमा सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाको प्राविधिक टोलीले भौगर्भिक अध्ययन गरिसकेको र केही दिनभित्र अध्ययन प्रतिवेदन आउने उनले जनाए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस