चेन्नईको लगातार दोस्रो जित, दिल्ली पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ चैत्र १३, बुधबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत १२, काठमाडौँ ।  साविकको विजेता चेन्नई सुपर किङ्सले इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।

मंगलबार भएको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै चेन्नईले लगातार दोस्रो जित निकालेको हो ।

फिरोज कोट्ला क्रिकेट स्टेडियममा दिल्लीले दिएको १४८ रनको लक्ष्य चेन्नईले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पुरा गर्यो ।

दिल्लीको जितमा शेन वाट्सनले ४४ रनको योगदान दिदा कप्तान महेन्द्र सिंह धोनीले अविजित ३२ रन बनाए । यस्तै सुरेश रैनाले ३० तथा केदार जादबले २७ रन बनाए ।

दिल्लीका अमित मिश्राले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १४७ रन बनायो ।

दिल्लीका लागि शिखर धवनले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै ऋषब पन्तले २५ तथा पृथ्वी शले २४ रन जोडे । चेन्नईका ड्वाने ब्राभोले ३ विकेट लिए ।

चेन्नईविरुद्ध दिल्लीले नेपाली टोलीका लेग स्पिनर सन्दीपलाई मैदान उतारेनन् । सन्दीप पहिलो खेलमा समेत दिल्लीको टोलीमा अटाएका थिएनन् ।

जितसंगै चेन्नईले २ खेलमा ४ अंक जोडेको छ । र, चेन्नई लिगको शीर्ष स्थानमा छ । दिल्लीले २ खेलबाट २ अंक जोडेको छ । दिल्ली दोस्रो स्थानमा छ ।

यसअघि पहिलो खेलमा चेन्नईले रोयल च्यालेन्जर्स बैंगलोरलाई हराएको थियो । दिल्लीले मुम्बई इण्डियन्सलाई हराएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस