मुख्यमन्त्री शाहले बोलाए गठबन्धनको वैठक, ‘विवादित’ विधेयकमा छलफल हुने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ फागुन २०, मंगलबार (१ महिना अघि)
  • ३९ पटक पढिएको
मुख्यमन्त्री शाहले बोलाए गठबन्धनको वैठक, ‘विवादित’ विधेयकमा छलफल हुने

फागुन २०, काठमाण्डौँ ।  ‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक २०८१’ मा विवाद भए पछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सत्ता गठबन्धनसहितको बैठक डाकेका छन् ।

मुख्यमन्त्रीले सभामुख, संसदीय समितिका सभापति, सत्ता गठबन्धन नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीका नेता र प्रमुख सचेतक, प्रदेश लोकसेवा आयोगका अध्यक्षसहितको बैठक बोलाएका हुन् । बैठक अहिले १० बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दै छ ।

प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन लागू हुनुभन्दा पहिलेका स्वीकृत स्थायी दरबन्दीमा अस्थायी वा करारको रूपमा नियुक्त भएकाहरूको लागि ऐन लागू भएपछि पहिलो पटकको लागि उनीहरूबीच नै छुट्टै आन्तरिक परीक्षाद्वारा प्रदेश लोकसेवा आयोगले पदपूर्ति गर्ने व्यवस्था समितिले पारित गरेको प्रतिवेदनमा उल्लेख छ । यो ऐन पारित भएपछि सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहमा स्वीकृत दरबन्दीमा रहेका सयौँ अस्थायी तथा करार कर्मचारीहरूलाई एक पटकको लागि स्थायी बनाउन प्रदेश लोकसेवा आयोगले विज्ञापन खुल्ला गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस