एक सय ५५ मुलुकसँग नेपालको व्यापार घाटा, २९ मुलुकसँग नाफा

चैत १२, काठमाडौँ । बढ्दो आयात तर निर्यात स्थिर रहँदा लाचू आर्थिक वर्षको सात महिनामा १ सय ५५ मुलुकसँगको व्यापारमा नेपाललाई घाटा भएको छ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार नेपालले एक सय ८४ वटा मुलुकसँग द्विपक्षीय व्यापार गर्ने गरेको छ।

जसमा २९ मुलुकसँगको व्यापार नाफामा रहेको छ भने एक सय ५५ वटा मुलुकसँगको व्यापारमा भने घाटा छ।

सबैभन्दा बढी आयात र निर्यात छिमेकी मुलुक भारतसँग हुने गरेको छ। दोश्रोमा उत्तरी छिमेकी चीन रहेको छ। सबैभन्दा वढी व्यापार घाटा पनि यिनै दुई छिमेकी मुलुकसँग छ।

२९ मुलुकमध्ये अमेरिका, अस्ट्रिया, स्लोभाकिया, अफगानिस्तानलगायतका मुलुकसँगको व्यापार भने नाफामा रहेको केन्द्रले जनाएको छ।

संम्बन्धित समचार

Leave a Reply