फागुन २०, रुपन्देही । गृहमन्त्री रमेश लेखकले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् ।
पार्टी कार्यक्रमको सिलसिलामा रुपन्देहीमा रहनु भएका मन्त्री लेखक मंगलबार बिहान विमानस्थलको निरीक्षण तथा अवलोकन गरेका छन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालय सिद्धार्थनगर, रुपन्देहीका सूचना अधिकारी विनोद सिंह रावतका अनुसार गृहमन्त्री लेखक बिहान ९ बजे विमानस्थल निरिक्षणका लागि पुगेका थिए । निरीक्षणपछि गृहमन्त्री लेखकले बिमानस्थलमा रहेका अध्यागमन कार्यालय, त्यहाँको शुरक्षा व्यवस्था सहित बिमानस्थलको बिषयमा बुझेको बताए ।
गृहमन्त्री लेखकले भने, ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरेका छौं । त्यहाँको अध्यागमन कार्यालयको अवस्था, आवातजावतको स्थिति, यात्रुहरुको सेवा सुविधा, व्यवस्थापन, सरसफाई के कस्तो छ भन्ने कुरा हेरेर आएका छौं ।’