प्रतिसिलिन्डर ३ सय ४३ रुपैयाँ घाटामा ग्यास बेच्दै सरकार, एउटा सिलिन्डरको मूल्य कतिपर्छ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ फागुन २१, बुधबार (१ महिना अघि)
  • ५३ पटक पढिएको
प्रतिसिलिन्डर ३ सय ४३ रुपैयाँ घाटामा ग्यास बेच्दै सरकार, एउटा सिलिन्डरको मूल्य कतिपर्छ ?

फागुन २१, काठमाडौँ । सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य १२ रुपैयाँ ७५ पैसा बढाएको छ । सो बढाएको रकम उपभोक्ताले तिर्नु नपर्ने भएको छ ।
सरकारले यसअघि ३ सय ३० रुपैयाँ घाटामा खाना पकाउने ग्यास बेच्दै आएको छ । अहिले बढाएको मूल्य पनि सरकारलेनै तिर्दा सरकारलाई प्रतिसिलिन्डर ३ सय ४२ रुपैयाँ ७५ पैसा घाटा रहेको छ । बजारमा ग्यासको अभाव बढ्दै गएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवसायीलाई वार्तामा बोलाएको थियो । मन्त्रालयमा भएको छलफलपछि एलपी ग्यासको प्रतिसिलिन्डर १२ रुपैयाँ ७५ पैसा मूल्य बढाउने सहमति भयो ।

अहिले देशभर दैनिक रूपमा १ लाख सिलिन्डर ग्यास विक्री हुँदै आएको छ । सरकारले ग्यासमा भएको घाटाको पूर्ति पेट्रोल, डिजेल र हवाई इन्धनबाट गर्ने गरेको निगमले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस