फागुन २१, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले माओवादीको जनयुद्ध कम्युनिष्ट आन्दोलनलाई बदनाम गर्ने आत्मघाती बाटो भएको मात्रै भएको बताएका छन् । २६ औं यदु स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले जनयुद्ध कहिले पनि देशको हितमा नरहेको बताएका हुन् ।
जनयुद्धका कारण खरवौंको क्षति भएको र अहिले गाउँ रित्तो हुनुको प्रमुख कारण जनयुद्ध रहेको उनको भनाई छ । मन्त्री गुरुङले बुलेटबाट नभइ व्यालेटबाट राजतन्त्रको अन्त्य भएको र मुलुकमा परिवर्तन सम्भव भएको धारणा राखे ।
शान्तिपूर्ण ढंगले मुलुकमा क्रान्ति सम्भव भएकाले माओवादीको जनयुद्ध गलत थियो भन्ने पुष्टि भएको उनको भनाई छ। गुरुङले माओवादीले जनयुद्ध बेचेर खाइसकेको भन्दै हिंसा भन्ने शब्दबाट डराएर भागेको तर्क गरे ।