पानीको कमीले डिहाइड्रेसन, कसरी थाहा पाउने डिहाइड्रेसन भएको ?

Post Thumbnail

चैत १३, काठमाडौँ । नियमित पिएको पानीले थुप्रै रोगबाट बचाउँछ।

त्यसैले हाम्रो शरीरका लागि पानी अत्यावश्यक छ। शरीरमा पानी बढी वा कमी हुन सक्छ।

यी दुबै अबस्था स्वास्थ्यका दृष्टिकोणले ठीक होइन। यो जानकारी आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

यद्यपी, शरीरमा पानीको कमी भएमा अझ धेरै समस्या निम्तिन्छ। जसलाई चिकित्सकीय भाषामा डिहाइड्रेसन भएको भनिन्छ।

डिहाइड्रेसनका असर

दिनभर टाउको दुख्नुका साथै टाउको भारी हुने समस्या भएमा त्यो पानी अभावको संकेत हुन सक्छ।

शरीरमा पानीको कमी भएमा मस्तिष्कलाई पर्याप्त मात्रामा उर्जा मिल्दैन। यस्तो अबस्थामा काम गर्दा मस्तिष्कलाई वढी जोड दिनुपर्ने हुन्छ। जसले अत्यधिक धकान महसुस गराउँछ।

आँखामा सुख्खापन आउने समस्या भएमा यो पनि पानी अभावको कारणले हुनसक्छ।

पानी अभावकै कारण आँखा सुन्निने, जलन हुनेलगायत समस्या देखापर्छ।

शरीरमा पर्याप्त पानी नभएमा खाना राम्रोसँग नपच्ने समस्या हुन्छ। जसका कारण कब्जियत र एसिडिटीको समस्या निम्तिन्छ।

पानीको अभावले शरीरको छाला फुश्रो हुने समस्या हुन्छ।

यदि पिसाबको रङ पहेँलो, गाडा पहेँलो वा फिका भएमा पनि शरीरलाई पानी नपुगेको बुझ्नुपर्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस