नागार्जुनबाट १५ सय ६० एम्पुल लागुऔषधसहित युवक पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ फागुन २२, बिहिबार (१ महिना अघि)
  • ३५ पटक पढिएको
नागार्जुनबाट १५ सय ६० एम्पुल लागुऔषधसहित युवक पक्राउ

फागुन २२, काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–३ स्थित सिंगल ट्रिबाट प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–५ घर भएर नागार्जुन बस्ने २६ वर्षीय अर्जुन श्रेष्ठ छन् ।

आरोपीको साथबाट प्रहरीले १५ सय ६० एम्पुल लागुऔषध बरामद गरेको छ । श्रेष्ठको साथबाट ५४० एम्पुल डाइजेपाम, ५२० एम्पुल फेनारगन र ५ सय एम्पुल बुप्रेनर्फिन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । उनीविरुद्ध लागुऔषध मुद्दा ५ दिनको म्याद लिएर प्रहरी वृत्त स्वयम्भुले अनुसन्धान गरिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस