मौसम पूर्वानुमान : तीन प्रदेशमा बदली, चार प्रदेशमा हिमपातको सम्भावना

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ फागुन २३, शुक्रबार (१ महिना अघि)
  • ३८ पटक पढिएको
मौसम पूर्वानुमान : तीन प्रदेशमा बदली, चार प्रदेशमा हिमपातको सम्भावना

फागुन २३, काठमाण्डौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहेको छ ।

शुक्रबार दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ ।
त्यस्तै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शुक्रबार राति देशको पहाड़ी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
राति देशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस