‘गोविन्दे’ हात्तीको आक्रमणबाट चितवनमा युवकको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ फागुन २५, आईतबार (१ महिना अघि)
  • ४२ पटक पढिएको
‘गोविन्दे’ हात्तीको आक्रमणबाट चितवनमा युवकको मृत्यु

|चितवनको सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको हात्तीसारमा रहेको भाले 'रोनाल्डो ' हात्ती र पृष्ठभूमिमा देखिएका गैँडाको बच्चा (केटो-केटी) । तस्बिर ः चन्द्रकला क्षेत्री /रासस

फागुन २५, काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जको ‘गोविन्दे’ नामको जंगली हात्तीको आक्रमणबाट चितवनमा एक युवकको मृत्यु भएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका–७ मा शुक्रबार राति हात्तीको आक्रमणबाट ३४ वर्षीय सुरेश महतोको मृत्यु भएको हो ।

महतो खैरहनी नगरपालिका–९ का स्थायी बासिन्दा भए पनि हाल रत्ननगर–७ मा बस्दै आएका थिए । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार हात्तीले रातिको समयमा आक्रमण गरेको हो । महतोको शव शनिबार बिहान फेला परेको थापाले जानकारी दिएका छन् ।

यसअघि पनि सोही हात्तीले गत १७ असोजमा हात्ती प्रजनन केन्द्र खोरसोरका कर्मचारी जद्दु सिंह थारुलाई आक्रमण गरी ज्यान लिएको थियो । दुई जनाको ज्यान लिइसकेको यो हात्तीको कारण स्थानीय बासिन्दा त्रासमा छन् । हात्तीको आक्रमणबाट ज्यान गुमाउने घटना बढ्न थालेपछि स्थानीयले सुरक्षा उपाय कडा बनाउनु पर्ने माग गरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा जंगली हात्तीको आतंक बढ्दै गएको छ । निकुञ्ज प्रशासनले गोविन्दे हात्तीको गतिविधि निगरानी गरिरहेको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस