फागुन २६,काठमाडौँ । अघिल्लो दिन ४६ अंक घटेको सेयर बजार सोमबार पनि घटेको छ । आज नेप्से परिसूचक २०.६८ अंक घटेको हो ।
सो अंकको गिरावटपछि बजार २७५१ मा कायम भएको छ । योसहित लगातार छैटौं दिन बजार घटेको छ । गत सोमबारयता कारोबार भएका सबै दिन बजार घटेको छ ।
कुल ४४ कम्पनीको मूल्य बढ्दा १९१ को घट्यो भने ८ को स्थिर रह्यो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १० अर्ब ९ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३७ करोडको भयो ।
अन्यबाहेक सबै सेक्टर घटे ।