समाजवादी मोर्चाले चैत १५ गते गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने

  • अनलाइन केन्द्र
  • / नेकपा एस /
  • २०८१ फागुन २८, बुधबार (१ महिना अघि)
  • ४२ पटक पढिएको
समाजवादी मोर्चाले चैत १५ गते गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने

फागुन २८, काठमाडौँ । समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने भएको छ ।
मंगलबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकलले गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने निर्णय गरेको हो ।

आइतबार काठमाडौंमा राजावादीले प्रदर्शन गरेका थिए । त्यसको विरुद्धमा र गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने निर्णय भएको नेसपाका नेता महिन्द्र राय यादवले जानकारी दिए । त्यस्तै चैत २ गते नागरिक समाज र बुद्धिजीवीसँग अन्तरक्रिया र पत्रकार सम्मेलन गर्ने समेत बैठकले निर्णय गरेका छ । गणतन्त्रवादी सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवीसँग संवाद, सहकार्य गरि अघि बढ्ने समाजवादी मोचौले निर्णय गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस