नेपाल भारत विकास सहयोग : सुनसरीको त्रिभुवन माध्यमिक विद्यालयको विद्यालय भवन निर्माणको शिलान्यास

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ फागुन २८, बुधबार (१ महिना अघि)
  • ५९ पटक पढिएको
नेपाल भारत विकास सहयोग : सुनसरीको त्रिभुवन माध्यमिक विद्यालयको विद्यालय भवन निर्माणको शिलान्यास

फागुन २८, काठमाण्डौँ । सुनसरी जिल्लाको इनरुवा नगरपालिकास्थित श्री त्रिभुवन माध्यमिक विद्यालयको विद्यालय भवन निर्माणको शिलान्यास सुनसरीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र ४ का माननीय सांसद ज्ञानेन्द्र बहादुर कार्की, काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तव, र सुनसरीको इनरुवा नगरपालिकाका मेयर श्री केदार भण्डारीले संयुक्त रूपमा गरे । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी र सामाजिक कार्यकर्ताहरू र विद्यालयका शिक्षकहरू, विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूको पनि उपस्थिति थियो ।

‘नेपाल भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा नेरु।२।४८३ करोड परियोजना लागतमा श्री त्रिभुवन माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण गरिँदैछ ।

‘नेपाल भारत विकास सहयोग’ अन्तर्गत रहेको भारत सरकारको अनुदान दुई तल्ले विद्यालय भवन र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा प्रयोग हुनेछ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना ९एचआइसीडीपी० को रूपमा लिइएको छ र सुनसरीको इनरुवा नगरपालिका मार्फत कार्यान्वयन गरिँदैछ ।

श्री त्रिभुवन माध्यमिक विद्यालय सन् १९५८ मा स्थापना भएको थियो । यस विद्यालयले कक्षा नर्सरीदेखि कक्षा १२ तहसम्मका विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्दै आएको छ । यस विद्यालयमा लगभग ७५० विद्यार्थीको क्षमता रहेको छ जसमध्ये ५५५ छात्राहरू रहेका छन् ।

५। काठमाडौँस्थित भारतीय दूतावासका नियोग उपप्रमुख श्री प्रसन्न श्रीवास्तवले सन् २००३ यता भारत सरकारले नेपालमा ५६३ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालनमा ल्याएको कुरामा प्रकाश पारे । यी परियोजनाहरू नेपालका सबै प्रदेशहरूमा फैलिएका छन् जसमध्ये कोशी प्रदेशमा ९१ वटा परियोजना रहेका छन् । यसका साथै भारत सरकारले हालसम्म नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थाहरूलाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कूल बस उपहारस्वरूप प्रदान गरिसकेको छ ।

जसमध्ये कोशी प्रदेशमा १४६ वटा एम्बुलेन्स र ४८ वटा स्कूल बस उपहारस्वरूप प्रदान गरिएको छ । उनले वर्षौंदेखि रहिआएको भारत नेपाल विकास साझेदारीमा भएको वृद्धि, विस्तार र विविधीकरणप्रति खुशी व्यक्त गरे । उनले नेपाल सरकारको प्राथमिकताका आधारमा यो साझेदारीलाई थप सुदृढ पार्ने भारत सरकारको प्रतिबद्धता पनि व्यक्त गरे ।

६। संविधान सभाका माननीय सदस्य, सुनसरीस्थित इनरुवा नगरपालिकाका मेयर विद्यालय व्यवस्थापनका अध्यक्ष र अन्य सरोकारवालाहरूले नेपालका जनतालाई भारत सरकारले प्रदान गरिरहेको विकास सहयोगको प्रशंसा गरे । उनलीहरुले निर्माण भइरहेको पूर्वाधारले सुनसरीस्थित श्री त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई राम्रो शिक्षा प्रदान गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे । यसले सिकाइको लागि उपयुक्त वातावरण सिर्जना गर्न र नेपालको पूर्वी क्षेत्रमा शिक्षा क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याउन पनि मद्दत गर्नेछ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको उत्थानका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस