स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँड कहिले हुन्छ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ फागुन २८, बुधबार (१ महिना अघि)
  • १०० पटक पढिएको
स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँड कहिले हुन्छ ?

फागुन २८,काठमाडौँ । स्वरोजगार लघुवित्तले निष्काशन गरेको एफपीओ आगामी शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले शुक्रबार एफपीओ बाँडफाँड गर्ने तयारी गरेको हो । बाँडफाँडको समय भने तय हुन बाँकि रहेको क्यापिटलले जनाएको छ।

क्यापिटलले फागुन १८ गतेदेखि फागुन २१ गतेसम्म एफपीओ निष्काशन गरेको थियो। कम्पनीले १ करोड ९५ लाख ७७ हजार ३ सय रुपैयाँ बराबरको १ लाख ९५ हजार ७ सय ७३ कित्ता एफपीओ निष्काशन गरेको थियो। यो एफपीओ केवल १९ हजार ५ सय ७७ जनाले मात्र पाउने छन् ।

कम्पनीले प्रति शेयर १०० रुपैयाँमा एफपीओ निष्काशन गरेको हो। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ २७ गते एफपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस