वुमन्स डे कप: नामिबियाद्धारा नेपाललाई १ सय २६ रनको लक्ष्य

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ फागुन २८, बुधबार (१ महिना अघि)
  • ७५ पटक पढिएको
वुमन्स डे कप: नामिबियाद्धारा नेपाललाई १ सय २६ रनको लक्ष्य

फागुन २८,काठमाडौँ । वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नामिबियाले नेपाललाई १ सय २६ रनको लक्ष्य दिएको छ ।

युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले २० ओभरमा ८ विकेट गुमाएर १ सय २५ रन बनायो । यो प्रतियोगिताकै सबैभन्दा धेरै रन हो । नामिबियाकी यास्मिन खानले ४५ रन बनाइन् । नेपालकी ईश्वरी विष्टले ३, रचनाकुमारी चौधरीले २ विकेट लिए ।

शृङ्खलामा नेपालको यो चौथो खेल हो । नेपाल पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा घरेलु टोली युगान्डालाई १ विकेटले हराएको नेपाल तेस्रो खेलमा हङकङसँग २ रनले पराजित भएको थियो । नेपालले भोलि युगान्डासँग र पर्सि हङकङसँग खेल्नेछ ।

नेपाल, युगान्डा, नामिबिया र हङकङ सहभागी प्रतियोगिताको शीर्ष २ टोलीले उपाधिका लागि खेल्नेछन् । फाइनल खेल चैत ३ गते हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस