हावाको गति नमिलेपछि एयर अरेबियाको जहाजले गर्यो ओभरसुट !

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ फागुन २९, बिहिबार (१ महिना अघि)
  • ८४ पटक पढिएको
हावाको गति नमिलेपछि एयर अरेबियाको जहाजले गर्यो ओभरसुट !

फागुन २९,काठमाडौँ । काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एउटा अन्तर्राष्ट्रिय उडानको विमान अवतरण गर्ने क्रममा हावाको गति नमिलेपछि ओभरसुट गर्‍यो ।

एयर अरेबियाको जहाजले आज दिउँसो १ बजेर ५ मिनेटमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा ‘मिस एप्रोच ओभरसुट’ भएको छ । काठमाडौँ विमानस्थलमा एप्रोच लिएको उक्त जहाजले अवतरण हुनै लाग्दा नरेफाँटमाथिबाट एक्कासी ओभरसुट गरेको हो ।
हावाको गति नमिलेको ‘विन्ड सियर’ भएर विमानले मिस एप्रोच गरेको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले बताए । यस्तै दुई वटा विमान आकाशमा निकैबेर ‘होल्ड’ भएपछि अवतरण भए ।

यसअघि हिजो पनि चार वटा अन्तर्राष्ट्रिय उडानका जहाज आकाशमा होल्ड गर्नुपरेको थियो । हिजो आन्तरिकतर्फका तीन वटा विमान पनि खराब मौसमकै कारण आकाशमा होल्ड गर्नुपरेको थियो ।

प्रतिकूल मौसमका कारण आवश्यक ‘भिजिबिलिटी’ नहुँदा एक हप्तादेखि आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भइरहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार मौसममा आएको खराबीका कारण अन्तर्राष्ट्रिय हवाई उडान बढी प्रभावित भइरहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस