फागुन २९,काठमाडौँ । वाणिज्य बैंकहरुले चैत महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरुले सार्वजनिक गरेको सूचना अनुसार अधिकांश बैंकहरुले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएको देखिन्छ।
चैत महिनाका लागि ब्याजदर सार्वजनिक गरेको १६ बैंकहरुमध्ये १३ बैंकहरुले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। फागुन महिनाको तुलनामा दुई बैंकहरुले ब्याजदर घटाएका छन् भने एक बैंकले बढाएको छ।
ब्याजदर घटाउने बैंकहरुमा नेपाल बैंक र हिमालयन बैंक रहेका छन्। नेपाल बैंकले व्यक्तिगत मद्दति निक्षेपको अधिकतम ब्याजदर ०.१ प्रतिशत विन्दुले घटाएको हो। त्यस्तै, हिमालयन बैंकले भने यस्तो मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.७५ प्रतिशतविन्दुले घटाएको हो।
चैत महिनाका लागि ब्याजदर बढाउने बैंक भने कुमारी बैंक रहेको छ। सो बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.१ प्रतिशतविन्दुले बढाएको हो।