भिजिट भिसाको आवरणमा महिला हरुलाई मानव तस्करी गरिदै, सरोकारवाला मौन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ चैत्र १, शुक्रबार (१ महिना अघि)
  • ५३ पटक पढिएको
भिजिट भिसाको आवरणमा महिला हरुलाई मानव तस्करी गरिदै, सरोकारवाला मौन

|A Nepal Police officer checks documents of persons visiting various nations for employment and higher education, before boarding their flights, at the Tribhuvan International Airport, in Kathmandu, on Wednesday, December 7, 2016. Photo: RSS

चैत्र १, काठमाण्डौँ ।  भिजिट भिसाको आवरणमा सुरक्षाकर्मी, अध्यागमन र नेपाल एयरलाइन्सका कर्मचारीको मिलेमतोमा मानव तस्करी हुने गरेको विषय खुल्मखुला हिसावमा रहेको छ   । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको अनुसन्धानमा यस्तो देखिएको प्रहरी स्रोतको दावी छ ।भजिट भिसामा हुने मानव तस्करी नरोकिएपछि प्रहरी प्रधान कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानव बेचबिखन तथा अनुसन्धान ब्युरो नै केही समय खटाएपनी त्यसलाई पुर्ण रुपमा नियन्त्रण गर्न नसकिएको स्यम प्रहरी बताउछ ।

विमानस्थलबाट भिजिट भिसामा दुबईमा मात्रै दैनिक २५० जनाभन्दा धेरै मानव तस्करी हुन थालेपछि ब्युरोले डेढ वर्षअघिबाटै टोली परिचालन गरे पनि अध्यागमन कर्मचारीले विरोध गरेपछि फिर्ता भएको थियो । तर, पछि अनुसन्धानमा खटिएको प्रहरीले अध्यागमनकै कर्मचारीको मिलेमतोमा भिजिट भिसामा मानव तस्करी हुने गरेको फेला पारेपछि पुनः ब्युरोको टोली परिचालन गर्न लागिएको थियो ।त्रिभुवन अन्तराष्ट्रिय विमाल स्थल बाट ओमन हुदैं कुवेत, दुवई , साउदी अरविया , कतार ,सिरिया , इराक , बहराइन , मा नेपाली महिलाहरुको तस्करीको क्रम निरन्तर बढी रहेको छ । दुवई सरकारले भिजिट भाषामा कडाई गरेपछी विभिन्न नेपालका ट्राभल एजेन्सीहरुले ओमनलाई ट्रान्जिट प्वाइट बनाएर मानव तस्करी  गर्ने गरेको प्रहरीले बताएको छ । नेपालका विभिन्न एलाइन्स कम्पनीहरु को संलग्न मा मानव तस्करी गर्ने गरिएको छ ।

कुवेत एयरवेट र जजिरा एयरवेजमा विशेष गरि मानव तस्कर हुने गरेको पाइएको छ  । काठमाण्डौंबाट कुवेत , कुवेत बाट कतारको टिकट जारि भएपनी विचमा कुवेत ट्रान्जिट भएकाले ति महिलाहरु कुवेत मै वाहिर निस्कने गरेका छन । यसमा एलाइन्सको मिले महतो मा मानव तस्करी हुने स्रोतको दावी छ । २०७३ सालबाट खाडि मुलुकमा महिलालाई घरेलु कामदारको रुपमा जान सरकारले रोके पनी दिन प्रतिदिन महिलाहरु खाडी मुलुकमा दैनिक जसो विभिन्न माध्यमबाट गैर कानुनी रुपमा महिलाहरु तस्करीको सिकार भैरहेका छन । विशेष गरेर ग्रामीण क्षेत्रका महिला एवम किशोरीहरुलाई रोजगारीको प्रलोभनमा तस्करी गर्ने गरिएको छ ।  सरकारले भिजिट भिषामा जानको लागी ६ बुद्धे मापदण्डलाई आधार बनाएर काठमाण्डौंका विभिन्न ट्राभल एजेन्सीले महिलाहरुलाई खाडि मुलुकमा पुयाइरहेका छन । सरकार जारी गरेको ६ बुदे मापदण्ड २०८० माघ १० गते देखी लागु हुने गरि भिजिट भिषा तथा पर्यटक भिषा मा विदेश यात्रामा आवश्यक कागजपत्रहरु  विवरण तोकेको भएपनी त्यसलाई नै नक्कली बनाउने गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस