नेक र मलेसियाको जे एस जे कलेजविच शैक्षिक समझदारी कायम

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ चैत्र १, शुक्रबार (१ महिना अघि)
  • ३४ पटक पढिएको
नेक र मलेसियाको जे एस जे कलेजविच शैक्षिक समझदारी कायम

चैत्र १, काठमाडौँ । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज नेक र मलेसियाको जे एस जे कलेज विच शैक्षिक समझदारी भएको छ । कार्यक्रमहरुको आदानप्रदान गर्ने, अनुसन्धान तथा परियोजनामा सहकार्य गर्ने, प्रबिधि र स्रोतको साझा प्रयोग, तालिम तथा सेमिनार आयोजना गर्ने हेतुले दुइवटा शैक्षिक संस्था बीच समझदारी भएको हो ।

समझदारीमा नेकको तर्फबाट सहायक प्राचार्य इन्जिनियर सह–प्राध्यापक मोहनध्वज के।सी। र जे एस जे कलेज मलेसियाको तर्फबाट चिफ कार्यकारी अधिकृत डा। के। हरिकृष्णनले हस्ताक्षर गरेका छन् । सहायक प्राचार्य के।सी।ले समझदारीले दुई कलेजको शैक्षिक गुणस्तर अभिबृद्धि गर्न, विद्यार्थीहरुको पढाई र अनुसन्धानलाई अझ फराकिलो बनाउन टेवा पुग्ने बताए ।

‘विद्यार्थीहरुको ज्ञान, सीप र क्षमता अभिबृद्धि गर्न, पढाईको गुणस्तरीयता कायम गर्न तथा विद्यार्थीहरुलाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरमै एक्सपोज हुने अवसर प्रदान गर्न विभिन्न देशका प्रतिष्ठित कलेजहरुसँग हाम्रो सहकार्य भइरहेको हुन्छ । त्यसै अनुरुप मलेसियाको प्रतिष्ठित कलेज जे एस जे कलेजसँग पनि शैक्षिक समझदारी कायम गरिएको हो ।’ नेकका सहायक प्राचार्य के।सी।ले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस