चैत्र १, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलिज्यूको प्रमुख आतिथ्यतामा मिति २०८१ फागुन २६ र २७ गते काठमाण्डौमा पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको शुभारम्भ भएको छ । श्रम, रोजगार तथा सामाजिक शुरक्षा मन्त्रालयको उत्पादकत्व अभिबृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन भन्ने नाराका साथ सो सम्मेलन हिजो देखि प्रारभ्म भएको हो ।
उक्त अवसरमा माननीय श्रम, रोजगार तथा सामाजिक शुरक्षा मन्त्री श्री शरतसिंह भण्डारीज्यूको समुपस्थितिमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र सो मन्त्रालय अन्तर्गत रहेको सामाजिक शुरक्षा कोष बिच एउटा समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी पत्रमा नाडाले आफ्ना आवद्ध संघ संस्था र प्रतिष्ठानहरुलाई श्रम ऐन २०७४ तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ बमोजिम सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने गराउने र सो सुरक्षा कोशले कोषबाट सञ्चालित सामाजिक सुरक्षा योजनाहरु र सुविधाहरुका सम्बन्धमा नाडासंगको सहकार्यमा आवश्यक सचेतना कार्यक्रम सञ्चालन गर्नेछ, भनिएको छ ।
सो समझदारी पत्रमा नाडाकातर्फबाट अध्यक्ष करण चौधरी र कोषकोतर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गर्नु भएको छ । यस्तो ऐतिहासिक समझदारीले नाडा र सामाजिक सुरक्षा कोष बिचको सम्बन्ध आगामी दिनहरुमा थप सवल र सुदृढ हँुदै जाने विश्वास समेत नाडाले लिएको छ । उक्त समझदारी अनुसार नाडाले अव हरेक प्रदेशमा सञ्चालन गर्ने भन्सार, भ्याट र भिसिटियस सम्बन्धी प्रशिक्षण कार्यक्रमहरुमा सो कोषबाट समेत प्रशिक्षक उपलब्ध गराउने छ । उक्त हस्ताक्षर कार्यक्रममा नाडाकातर्फबाट महासचिव सुरेन्द्रकुमार उपे्रती र सचिव विक्रम सिंहानिया समेतको उपस्थिति रहेको थियो ।