नेपाल–चीन पारस्परिक हितका क्षेत्रमा थप लगानी आवश्यक : सभामुख घिमिरे

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ चैत्र २, शनिबार (१ महिना अघि)
  • ६८ पटक पढिएको
नेपाल–चीन पारस्परिक हितका क्षेत्रमा थप लगानी आवश्यक : सभामुख घिमिरे

चैत्र २, काठमाडौँ ।  सभामुख देवराज घिमिरेले नेपालको दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्न आवश्यक रहेको बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा रहेका लगानी सम्भावनाहरुलाई सही रुपमा पहिचान गरी बिआरआईअन्तर्गत नयाँ परियोजनाहरुलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे ।

उनले नेपाल एक चीन सिद्धान्तलाई दृढतापूर्वक पालना गर्नुका साथै यसप्रतिको नेपालको प्रतिवद्धता बलियो रही आएको बताए । बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मार्फत दुवै देशबीचको सहकार्य अझै मजबुत हुँदै गएको बताए । बिआरआई नेपालका लागि केबल पूर्वाधार विकासको माध्यम मात्र नभइ आर्थिक वृद्धिका नयाँ ढोकाहरु खोल्ने अवसरको रुपमा लिनुपर्ने बताए । सभामुख घिमिरेले नेपाल आफ्नो भौगोलिक अवस्थालाई उपयोग गर्दै ट्रान्जिट हबको रुपमा स्थापित हुनसक्ने उल्लेख गर्दै यसका लागि दुवै देशबीच भौतिक पूर्वाधार विकास, सडक, रेलमार्ग, उर्जा, सूचना प्रविधि तथा व्यापारिक सहकार्यलाई प्रवद्र्धन गर्न आवश्यक रहेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस