ट्र्याक्टरको ठक्करबाट दाङमा ९ वर्षीया बालिकाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ चैत्र २, शनिबार (१ महिना अघि)
  • ५३ पटक पढिएको
ट्र्याक्टरको ठक्करबाट दाङमा ९ वर्षीया बालिकाको मृत्यु

चैत्र २, काठमाण्डौँ । ट्र्याक्टरको ठक्करबाट शनिबार तुलसीपुरमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको छत्रेश्वरी गाउँपालिका २ घर भई हाल तुलसीपुर उपमहानगरपालिका ९ मा बस्दै आएकी ९ वर्षीया दिपशिखा वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

तुलसीपुर ९, गौरीशंकर टोलबाट अटोभिलेजतर्फ जाँदै गरेको रा १ त ३२३९ नम्बरको ट्र्याक्टरले बाटो काट्दै गरेकी वलीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । ट्र्याक्टर नियन्त्रणमा रहेको र चालक फरार रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस