चैत्र ३, काठमाडौँ । मलेसिया आन्दोलन गरेर दंगा भड्काएको आरोपमा १३ जना नेपाली कामदार पक्राउ परेका छन् । मलेसियाको पेराकमा तेलुक इन्टानको चांकाट जोङमा दंगा भड्काएकाले उनीहरू पक्राउ परेका हुन् ।
हिलिर पेराकका प्रहरी प्रमुख बकरी जैनल अबिदिनले शुक्रबार बेलुकी ९ः३५ बजेतिर जालान चांकाट जोङको बाटु–८ मा कारको ठक्करबाट मृत्यु भएपछि नेपालीले हूलदंगा गरेका थिए । त्यस क्षेत्रका लगभग १ हजार कामदार घटनास्थलमा भेला भएर ट्राफिक अवरुद्ध गरेका थिए । आन्दोलन गर्ने १ हजारमध्ये १३ जनालाई पक्राउ गरिएको हो ।
‘तेलुक इन्टान जिल्ला प्रहरी मुख्यालय आईपीडी बाट एक टोली व्यवस्था पुनःस्थापित गर्न खटाइएको थियो, बिहान २ बजेसम्ममा स्थिति पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो, सबै नेपाली कामदार आ–आफ्नो छात्रावासमा फर्किए,’ हिलिर पेराकका प्रहरी प्रमुख अबिदिनले भने ।
उनका अनुसार पक्राउ परेकामाथि दण्डसंहिताको धारा १४७ अन्तर्गत अनुसन्धान भइरहेको छ ।